२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

भारतमा एकैदिन संक्रमितकाे संख्या ५० हजार नाघ्याे

बुधबार मात्र चार लाख ४६ हजार ६४२ नुमुना परीक्षण

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • एजेन्सी- भारतमा पछिल्लो २४ घण्टामा कोरानेा भाइरस (कोभिड (१९) का ५० हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५२ हजार १२३ नयाँ संक्रमित फेला परेका हुन् ।

    यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या पनि १५ लाख ८३ हजार ७९२ पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण ७७५ जनाको मृत्यु भएको छ ।

    यससँगै भारतमा समग्रमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३४ हजार ९६८ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका १० लाख २० हजार ५८२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    भारतमा बुधबार मात्र चार लाख ४६ हजार ६४२ नुमुना परीक्षण गरिएको थियो । अहिले भारतमा कोरोना भाइरसको परीक्षण गर्ने प्रयोगशालाको संख्या पनि एक हजार ३२१ पुगेको छ । जसमध्ये ९०७ सरकारी प्रयोगशाला र ४१४ निजी प्रयोगशाला छन् ।

    प्रतिक्रिया दिनुहोस