काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाल सुनको प्रति तोला कारोबार मूल्य ९९ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको भाउ बढेको महासंघले जनाएको छ । यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस