बामदेव-ओलिकाे 'फेमिली डिनर'
ओखलढुंगा- नेकपा विवाद विभाजनकाे दिशातिर माेडिएकाे बेला उपाध्यक्ष बामदेव गाैतमले सहमतिकाे ६ बुँदे प्रस्ताव सार्वजिनक गरेपछि ओलि समुहलाई राहत भएकाे छ । धेरैले याे प्रस्तावलाई नेकपा जाेड्ने ‘ग्लू स्टिक’ भनेर अर्थ्याएका छन् ।
एक पक्षले अर्काेलाई निषेध गर्ने तहमा पुगेका नेपाल-ओलि समुहलाई सहमतिमा ल्याउन गौतमकाे प्रस्ताव सही भएकाे नेपाल पक्षका नेता भिम रावलले बताएपछि ओलि पक्षले आरामकाे सास फेरेकाे मात्र छैन, ओलि गाैतम निवास पुगेर ‘फ्रेस’ हुन आएकाे भन्दै भात खाएर ‘गेट क्र्यास’ गरेका छन् ।
यस अघि कहिल्यै बालुवाटार बाहिर नजाने ओलि श्रीमति राधिका शाक्यलाई लिएर अचानक मगलबार साँझ गाैतम निवास भैंसेपाटी पुगेका थिए । उनले गाैतमलाई आफ्नाे पक्षमा ल्याउन कसरत गरिरहेका छन् । यद्यपी गाैतमले पार्टी फुटाउने कुनै पक्षमा नरहेका बताइसकेका छन् । नेपाल समुह नजिक रहेका उनले ओलि झाेंडि भएकाले पार्टी फाेर्न लागेकाले पार्टी जाेगाउन मध्यमार्गी प्रस्ताव ल्याएकाे प्रस्टिकरण दिएका छन् ।
एक पक्षले अर्काेलाई निषेध गर्ने तहमा पुगेका नेपाल-ओलि समुहलाई सहमतिमा ल्याउन गौतमकाे प्रस्ताव सही भएकाे नेपाल पक्षका नेता भिम रावलले बताएपछि ओलि पक्षले राहतकाे सास फेरेकाे मात्र छैन, ओलि गाैतम निवास पुगेर फ्रेस हुन आएकाे भन्दै भात खाएर ‘गेट क्र्यास’ गरेका छन् ।
नेकपा विवाद मिलाउन युवा नेताहरु घनश्याम, याेगेश र शंकर पाेखरेले पनि सामुहिक प्रयास गरिरहेका छन् । गाैतमले हिजाे भएकाे प्रचण्ड पक्षकाे स्थायी समितिकाे बैठकमा पनि पार्टी जाेगाउन प्रस्ताव ल्याएकाे तर ओलि नेकपामा हुने खालकाे मान्छे नै नभएका बताएका थिए ।
उनले ल्याएकाे प्रस्तावले पार्टी जाेडिन्छ कि जाेडिदैन त्याे त हेर्न बाँकी छ तर नेपाल पक्षका केही नेताहरुकाे सहमतिमा प्रस्ताव तयार गरेकाले नेकपाका कार्यकर्ता केही आशावादी भने बनेका छन् ।
पार्टी नेताहरुसामू ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको यस कार्यकालको अवधीभर प्रधानन्त्रीको जिम्मेवारीमा राख्ने प्रस्ताव अघि सारेका छन् ।
प्रचण्डलाई एकता महाधिवेशसम्म सम्पूर्ण कार्यकारी अधिकारसहित अध्यक्षको जिम्मेवारी दिने र पार्टीको एकता महाधिवेशन सहमतिमा गर्ने गौतमको प्रस्तावमा उल्लेख छ । गौतमले पार्टीको बिग्रह रोक्नका लागि भन्दै अघि सारेको प्रस्ताव प्रधानमन्त्री ओलीले लिँदै आएको अडान हो ।
नेकपा एक नेताका अनुसार गौतमले ६ बुँदे यो प्रस्ताव औपचारिक बैठकमा नराखेको तर नेताहरुलाई दिएको स्वीकार गरेका छन् ।
प्रतिक्रिया दिनुहोस