२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेकपा विभाजनकाे संघारमा: ओलि-प्रचण्डकाे समानान्तर स्थायी कमिटी !

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपाकाे आन्तरिक शक्ति संघर्ष विभाजाेन्मुख अवस्थामा पुगेकाे छ । निर्धारित बैठक दुई अध्यक्षले छुट्टाछुट्टै सञ्चालन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माधव नेपाल समुहकाे नेतृत्व प्रचण्डले गर्दै स्थायी कमिटीकाे बैठक चलाए ।

    उता ओलिले अल्पमतकाे बैठक चलाएका छन् । प्रचण्डकाे अध्यक्षतामा ३१ जना स्थायी समिति सदस्य सहभागी छन् । उक्त बैठकमा अनुशासन आयाेगका अध्यक्ष अमृत बाेहाेरा समेत सहभागी छन् । त्यस्तै ओलिले १३ भाइकाे बैठक चलाए ।

    उनकाे वैठकमा ईश्वर पाेखरेल सत्यनारायण मण्डल रघुवीर महासेठ महासचिव विष्णु पाैडेल लगायत छन् । पाैडेल प्रचण्ड नेतृत्वकाे बैठकमा एकछिन बसेर आएका थिए ।

    प्रचण्ड नेतृत्वकाे बैठकमा मन्त्रीहरु याेगेश भट्टराई र घनश्याम भूषालसहित छन् । बैठकमा मन्त्रीहरुकाे प्रस्ताव अनुसार सहमतिका लागि नयाँ शिराबाट छलफल गर्ने बैठक पार्टी कार्यालयमा बाेलाउने लगायत निधाे गरिएकाे बुझिएकाे छ । ओलि समुह र प्रचण्ड दुवै बैकमा गृहमन्त्री रामबहादुर थापा लेखराज भट्ट टाेपबहादुर रायमाझी र मणि थापा भने गएनन् ।

    सहमितकाे प्रयास जारी राख्ने र ब‌ैठक निरन्तर चलाउने तयारी नेपाल समुहकाे छ भने ओलि समुह भने केही नेता  प्रचण्ड समुहमा अनुपस्थित भएकाे  भन्दै उत्साहित देखिएकाे छ । उक्त समुह बैठक छल्ने र नेपाल समुह कमजाेर बनाएर आफु अनुकूलमा मात्र बैठक राख्ने तयारीमा छ ।

    यही कारण नेकपा फुटके दिशामा अघि बढेकाे छ । सहमित नभएर अब नेकपा विभाजन हुने बाटाेमा गएकाे नेताहरुकाे बुझाइ छ । स्थायी समिति सदस्य याेगेश भट्टराई ट्वीट गर्दै दुर्घटनाकाे खतरा रहेकाे बताएका छन् । समानान्तर बैठकले नेकपा विभाजन घाेषणा मात्र हुन बाँकी रहेकाे आंकलन शुरु भएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस