२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सुनकाे भाउ छाेइनसक्नु ! पुग्याे १ लाख

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

    यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

    यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस