२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पहिरोले घर पुरिँदा तीन बालकको मृत्यु

  • २०७७ श्रावण १३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  गएरातिको अविरल वर्षासँगै गएको पहिरोले घर पुरिँदा बाग्लुङकाे पश्चिम तमानखोलामा दुई बालकको मृत्यु भएको छ।

    जिल्लाको तमानखोला गाउँपालिका–२ खोलेसबाङका पानबहादुर विकको घर माथिबाट आएको पहिरोले घर पुरिँदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रिता विकको ज्यान गएको हो। पानबहादुर हाल विदेशमा छन् ।

    उनकी श्रीमती होमकुमारी विकको घाइते अवस्थामा उद्वार गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । ‘दुई छोराछोरी एक कोठामा सुतेका रहेछन्, उनीहरु दुवैले ज्यान गुमाएका छन्,’ अध्यक्ष बुढाले भने, ‘आमा चाही अर्को कोठामा भएकाले घाइते अवस्थामा उद्वार गरिएको छ।’
    यसैगरी, बाग्लुङकै निसीखोला गाउँपालिका–१ मा पहिरोले घर भत्किदा ५ वर्षीय समीर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। -अन्नपूर्ण

    प्रतिक्रिया दिनुहोस