२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

बलखुमा भेटियो आदीमकालको यस्तो अचम्मको गुफा !

  • २०७७ श्रावण १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– सुनकोसी गाउँपालिका १ मा अनौठो गुफा फेला परेको छ । बलखुको सिमलचौरमा रहेको उक्त गुफाको प्रचार प्रसार र पूर्वाधार विकास हुन सके धार्मीक पर्यटकीय स्थल बन्न सक्ने स्थानीयको विश्वास छ ।

    धार्मिक आस्थासँग जोडिएको सयौं वर्ष पुरानो ऐतिहासिक गुफाको संरक्षण र प्रर्वद्धन हुनुपर्ने स्थानीयले माग गरे पनि सरोकारवाला निकायको ध्यान पुगेको छैन ।

    कस्तो गुफा हो त्यो ?

    धार्मिक किवंदन्ति अनुसार सत्य युगमा भष्मासुर नामको दानवले भगवान् महादेवको कठिन तपस्या गरेको र उसको भक्तिबाट महादेव खुसी भई भष्मासुरलाई दर्शन दिएका थिए ।

    महादेवले दर्शन दिइसकेर भष्मापुरलाई तपस्या गरेको कारण सोधेर एक वर माग्न आग्रह गरेका थिए । भष्मासुरले केही पर्दैन भन्ने जवाफ दिँदा थोक माग्नै पर्छ भनेर महादेवले भनेपछि भष्माशुर वर माग्न तयार हुँदै बाचा गरेर मैले मागेको दिनुपर्छ भन्ने शर्त राखेको थियो ।

    गुफाभित्र गाईका थुन, शिव लिंग, भगवान्का पाइला देख्न सकिने स्थानीय युवा ढुण्डीराज पहाडीले बताए । उनका अनुसार यहाँ मुख्य ३ वटा गुफा रहेका छन् ।

    आफ्नो भक्ति गरेको खुसीले महादेवले उसले मागेको पुरा हुने बचन दिएका थिए । भष्मासुरले महादेवसँग आफ्नो हात जसको शिरमा हात राख्यो, उसको मृत्यु हुने वरदान मागेको र पाएपछि भगवान् भन्दा शक्तिशाली भएको कहावत् छ ।

    यसरी शक्तिशाली भएको भष्मासुरले पहिले वरदान दिने भगवान्लाई नै वरदान हो कि होइन भनेर जाँच गर्न परिक्षण गर्न खोजेपछि महादेव डरले भाग्दै आएर उक्त पहाड फोडेर भित्र पसेर बनाएको गुफा हो भन्ने किबदन्ती रहेको छ । यहीँबाट फेरि महादेव हलेसी पुगेर अलप भएको विश्वास गरिन्छ यही कारण सुनकोसीको त्यहाँको तटीय क्षेत्रलाई शिव भगवान्को प्रिय ठाउँका रुपमा अर्थ लगाएको पाइन्छ ।

    गुफाभित्र गाईका थुन, शिव लिंग, भगवान्का पाइला देख्न सकिने स्थानीय युवा ढुण्डीराज पहाडीले बताए । उनका अनुसार यहाँ मुख्य ३ वटा गुफा रहेका छन् । दुई वटा अलि साना तर भित्र उज्यालो प्रकास छिर्ने र एउटा निकै लामो र अध्याँरो देखिन्छ । सानो गुफामा २० जना, मझौला गुफामा ५० र ठूलो गुफामा २ सय जति बस्न सकिने पहाडीले जानकारी दिए ।

    स्थानीयको पहल

    स्थानीयका अनुसार आदिम कालामा गुफामा महादेव र पछि झाँक्रीको बसोबास रहेको थियो । यस क्षेत्रलाई तीर्थस्थलका रुपमा विकास गर्न आवश्यक रहेको स्थानीयको माग छ । यसका लागि केही युवाहरुले पहल र प्रयास समेत थालेका छन् ।

    स्थानीय फणिन्द्र पहाडी, आस्तिक अधिकारी, निर्मल पहाडी लगायत स्थानीय युवा समाजका युवाहरु गुफा सम्म जाने बाटो मर्मत, महादेवको मन्दिर निर्माण, खानेपानी, विद्युत जडान लगायतको काम अघि बढाउन जुटेका छन् । यस्ता काममा स्थानीय सरकारले चासो र योगदान गरे पर्यटकीय क्षेत्र बनाउन सकिने उनीहरुको विश्वास छ ।

    प्रतिक्रिया दिनुहोस