२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

अब सहकारीकाे ऋण तिर्नु नपर्ने !

  • २०७७ श्रावण ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ।

    सहकारी विभागले शुक्रबार निर्देशन जारी गर्दै ६ महिनादेखि एक वर्षसम्म ऋणको भाखा सार्न सकिने जनाएको छ। ऋणको म्याद थप भएसँगै साँवा ब्याज तिर्नु नपर्ने भएको छ।

    कोरोनाका कारण ऋृणी सदस्यमा परेको प्रभावको कारण साँवा वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट लिन नपाइने व्यवस्था गरेको हो।

    आर्थिक वर्ष २०७६/०७७ मा असुल हुन नसकेको कर्जाको किस्ता ऋणी सदस्यको आवश्यकता, व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्यांकन गरी संचालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म र नियामक निकायको पूर्वस्वीकृति लिएमा एक वर्षसम्म भाका सार्न सकिने व्यवस्था विभागले गरेको हो।

    प्रतिक्रिया दिनुहोस