२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

दिलमाया बचाइदिन परिवारकाे अपिल !

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  २ हप्ताबीचमा उनलाई काठमाडौँस्थित पाटन अस्पतालमा राखिएको छ ।  उनी अहिले अचेत अवस्थामा आइसीयुमा छिन् । यसरी सुनकोशी गाउँपालिका ३ अस्थानीटोलकी दीलमाया मगर अस्पतालकाे शैयामा छटपटाइरहेकी छिन् ।

    अस्पतालले क्षयरोगको शंका गरेको छ ।  उनको टाउकोमा नशा सुन्निएको अस्पताल काे भनाइ छ । उनलाई बचाँइदिन परिवारले सहयाेगी र दाताहरुलाई अनुराेध गरेकाे छ ।

    उनलाई तीन महिना अघिदेखि बेस्सरी टाउको दुख्न थाल्यो । आर्थिक अवस्था कमजोर भएको कारण उनले समयमै उपचार गर्न पाइनन् । समस्या झन् बढ्दै गएपछि उनलाई काठमाडौँ लगियो ।

    दीलमायाका श्रीमान् मंगलबहादुर मगर पोखरामा ज्यामी काम गर्दै आएका थिए । दीलमाया विरामी भएको थाहा पाएर उनी घरमा आएका थिए । अहिले दीलमायाको समस्या बढ्दै गएपछि उनी चिन्तामा छन् ।

    आर्थिक अवस्था कमजोर भएका उनी दीलमायाको उपचार खर्च कहाँबाट जुटाउने भन्ने संकटमा परेका छन् । उनले मनकारी मनहरुसँग सहयोगको याचना गरेका छन् । उनलाई सहयोग गर्ने मनहरुले ९८६०२१८९६४ मा सम्पर्क गर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस