२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सुनको भाउ अहिले सम्मकै महँगो, बढेर कति पुग्याे ?

  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सुन अस्ति तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलामा १३ सय रुपैयाँ बढेको सुन हिजो ५ सय र आज १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ ।

    यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो ।

    चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस