काठमाण्डौ – सुनको भाउले फेरि नयाँ रेकर्ड राखेको छ । सुनको भाउ आज एकैदिन तोलामा १३ सय रुपैयाँ बढेर ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै महँगो हो । गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड राख्दै आएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुन अस्ति तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलामा १३ सय रुपैयाँ बढेको सुन हिजो ५ सय र आज १३ सय रुपैयाँ नै बढेको हो । यो हप्ता मात्रै सुनको भाउ तोलामा ३ हजार ३ सय रुपैयाँ महँगो भएको छ ।
यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर आज तोलाको १ हजार १ सय ५० रुपैयाँ निर्धारण गरिएको छ । चाँदी अस्ति तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो ।
चाँदी हिजो तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस