२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

किन काटे सुकबहादुरलेआफ्नै अण्डकोष ?

  • २०७७ श्रावण ९, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- कहिले काँही अनाैठा अपराधका घटना घट्छन् । कतै आत्महत्या गर्ने कतै विष पिएर आफैंलाई मार्ने  हुन्छन् । कतै आफैंले आफैंलाई प्रहार गरेर घाइते बनाउँछन् ।

    स्याङ्जाकाे पुतली बजारमा यस्तै घटना घटेकाे छ । त्यहाँ एक पुरुषले आफ्नै अण्डकाेष काटेर फालेका छन् ।  पुतलीबजार नगरपालिका-२ काभ्रे निवासी ४५ वर्षीय सुकबहादुर गुरुङले बुधबार साँझ आफनै अण्डकोष काटेका छन्। घाँस काट्ने हाँसी प्रयोग गरेर आफैंले अण्डकोष काटि चुडिएको अवस्थामा उपचारका लागि अस्पतालमा ल्याएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

    जिल्ला अस्पताल स्याङजामा केही उपचारपछि पोखरा रिफर गरिएको उपचारमा संलग्न डा. आषिश बस्ताकोटीले बताए। उनले भने ‘उनीसँगै प्लाष्टिकको झोलामा अण्डकोष राखेर ल्याइएको थियो। रगत थामिने केही उपचार गरेर पोखरा रिफर गर्‍यौं।’

    मानसिक सन्तुलन ठिक नरहेको पारिवारिक स्रोतले जनाएको छ। आमा, बुवा, दाजु, भाउजुसहित संयुक्त परिवारमा बस्दै आएका उनका १२ वर्षीया एक छोरी छन भने पत्नी ६/७ बर्षअघि दोश्रो विहे गरेर गएको प्रहरी प्रवक्ता समेत रहेका अधिकारीको भनाई छ।

    प्रतिक्रिया दिनुहोस