ओखलढुंगा- जिल्लामा बैशाखयता ७ बलात्कारका घटना भएका छन् । प्रहरीको तथ्यांक अनुसार सबै घटनामा २३ वर्ष मुनिका महिला पीडित छन् ।
७ मध्ये ६ जना बालिका पीडित भएका छन् । उमेरका हिसाबले ६ जना बालिका १६ वर्षभन्दा कम उमेरका छन् । बलात्कार घटनाका पीडितहरु ३ वर्षदेखी बढीमा २३ वर्षसम्मका रहेका छन् ।
आरोपितहरुलाई गिरफ्तार गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरीका डिएस्पी रुपेश खड्काले बताए । एक ११ वर्षीय बालक ३ वर्षीया नाबालकलाई बलात्कार प्रयास गरेको अभियोगमा प्रहरीको निगरानीमा छन् । उनी विरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
यसरी लकडाउनको अवधिकम बलात्कारका घटना बढ्नुमा फुर्सदिलो हुनु, अन्य काम नहुँदा नकारात्मक सोचाइ आउनु, लगायत कारण रहेको डिएस्पी खड्काले बताए ।
त्यस्तै लकडाउनको पहिलो महिना कुनै घटना नै प्रहरीमा दर्ता नभए पनि बैशाखयता भने घरेलु तथा लैंगिक हिंसाका घटना बढेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस