२०८१ चैत्र २०, बुधबार | Wed, 02, Apr, 2025

रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भ्रष्टाचार मुद्दा !

  • २०७७ श्रावण ७, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल लगायत ओम्नी समुहका संचालक र स्वास्थ्य अधिकारी विरुद्ध अख्तियारमा उजुरी परेको छ।  कोभिड १९ को बिषम परिस्थितिमा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको उल्लेख गर्दै उनिहरु विरुद्ध ‘इनफ इज इनफ’ का सामाजिक अभियान्ताहरुले छानबिनको माग गर्दै उजुरी दर्ता गराएका हुन्। उनहिरुको फोन कल डिटेल तथा अन्य माध्यमबाट भएको सम्पर्कको आधारमा छानबिन गर्न माग गरिएको छ । उजुरीमा पिसिआर किट खरिद ठेक्कामा ठुलो कमिसनको चलखेल हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता र विज्ञको सम्पत्ति छानबिनको दायरामा ल्याएर अनुसन्धान गर्न माग समेत गरिएको छ।

    अभियान्ताहरुले स्वास्थ्य सामग्री खरिद प्रक्रियाको यथार्थ , खर्च रकम, नियुक्ति भएका विज्ञको पारिश्रमिक लगायतका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सत्य तथ्य जानकारीको माग पनि गरेको छ । यसअघि पनि स्वास्थ्य सामग्री खरिदमा अनियमितताका भएको भन्दै अख्तियारमा उजुरीहरु परेको थियो। -Avenewskhabar

    अभियान्ताले अख्तियारमा दिएको उजुरी

    प्रतिक्रिया दिनुहोस