२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
'केरुङ च्छो'काे जाेखिम

‘केरुङ च्छो’ फुट्यो भने ओखलढुंगाका कुन कुन क्षेत्र पर्छन्, जोखिममा ?

  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– चिनको खासामा रहेको केरुङ च्छो ताल भरिएर फुट्ने चर्चा चलिरहँदा यसबाट ओखलढुंगा समेत प्रभावित हुने भएको छ ।

    यो तालबाट बाहिरिने पानीको निकास भोटेकोसी र सुनकोसी भएकाले ओखलढुंगा, सिन्धुली, उदयपुर लगायत जिल्ला प्रभावित हुने छन् ।छ्यो ताल फुटे भोटेकोशी नदीमा बाढी आउने सम्भावना बढी छ ।

    नेपालतर्फ सन्धिुपाल्चोकको तातोपानी क्षेत्रदेखी बाह्रिवसे-खाडीचौरसहति भोटेकोशी नदी तटीय क्षेत्र र सुनकोसीका तटीय क्षेत्र उच्च जोखिममा रहेको भन्दै जिल्ला प्रशासनले सर्तक रहन आग्रह गरेको छ ।

    जोखिममा पर्ने क्षेत्रमा चम्पादेवीको वडा नं. १ र २ को नवलपुरघाट क्षेत्र, सुनकोसी गाउँपालिकाको वडा नं. १ र २ कै बलखुको थोल्मेघाट र पञ्चकन्या क्षेत्र र मानेभञ्ज्याङको वडा न. ६ को सोक्माटार र ७ को हर्कपुर/टोक्सेल क्षेत्र छन् ।

    जिल्ला प्रशासन कार्यालयले सुचना नै जारी गरेर सुनकोसी किनारका बासिन्दालाई सचेत गराएको हो । उदयपुरकाे घुर्मी, सिन्धुलीकाे फिक्कल समेत डुवानमा पर्नेछन् भने ओखलढुंगाकाे नवलपुर थाेल्मे र हर्कपुर तथा जयरामघाट खतरामा छन् ।

    कुन कुन क्षेत्र पर्छन् जोखिममा ?

    उक्त ताल फुटे वा अत्याधिक वर्षाले भरिएर पानी तालबाहिर गएमा बाढी पहिरो आउने खतरा छ । त्यसरी आउने पानीको निकास सुनकोसी भएकाले सुनकोसीसँग जोडिएका चम्पादेवी, सुनकोसी र मानेभञ्ज्यांग गाउँपालिकाका तटीय क्षेत्र जोखिममा छन् ।

    यसरी जोखिममा पर्ने क्षेत्रमा चम्पादेवीको वडा नं. १ र २ को नवलपुरघाट क्षेत्र, सुनकोसी गाउँपालिकाको वडा नं. १ र २ कै बलखुको थोल्मेघाट र पञ्चकन्या क्षेत्र र मानेभञ्ज्याङको वडा न. ६ को सोक्माटार र ७ को हर्कपुर/टोक्सेल क्षेत्र छन् ।

    सुनकोसीमा बहाव बढ्न सक्ने भएकाले सबै पक्षलाई सतर्क रहन सुचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस