२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

नगरपािलकाकाे गाडिमा आगजनी

Thumbnail
  • २०७७ श्रावण ६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • कैलाली-  कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा अज्ञात समूले आगजनी गरेको प्रहरीले जनाएको छ ।

    सोमबार राति करिब ११ बजे गाडीमा आगजनी भएको हो । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक हरिसरण भट्टले भने, ‘आगो समयमै नियन्त्रणमा आउँदा ठूलो क्षति हुन पाएन ।’

    उक्त गाडी उपप्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्दै आइरहेकी थिइन् । आगलागीबाट गाडीको पछाडिपट्टिको भाग जलेको प्रहरीले जनाएको छ

    प्रतिक्रिया दिनुहोस