२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

लकडाउन अन्त्य, अब यसरी चल्छन् हाेटल तथा सवारी

Thumbnail
  • २०७७ श्रावण ५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  चैत ११ गतेदेखि जारी लकडाउन आज राति १२बजेदेखि अन्त्य हुने भएकाे छ । सवारीमा लागेकाे जाेर विजाेर पनि अन्त्य भएकाे ५ । साेमबारकाे मन्त्री परिषद वैकठले यस्ताे निर्णय गरेकाे सुचना सञ्चार तथा प्रविधि मन्त्री युवराज खतिवडाले बताए ।

    लामाे दुरीका सवारी भने भदाै १ देखि खुल्नेछन् । हाेटल तथा रेष्टुरेन्ट साउन १५ देखि सञ्चालन गर्न दिइने छ तर भीडभाड र पार्टी गर्न पाइने छैन ।

    यस्तै बिहीबारदेखि लामो दूरीबाहेक सबैखाले सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ। यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात स्वतन्त्र मजदुर संघबीच सहमति जुटेसँगै साउन ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएको हो।

    यातायात मजदुरहरुको कोरोना बिमा गर्ने र त्यसका लागि ५० प्रतिशत प्रिमियम सरकारले ब्यहोर्ने तथा ५० प्रतिशत व्यवसायीले ब्यहोर्ने गरी विभागले सहजीकरण गर्ने सहमति भएको हो।

    कोरोनाका कारण यातायात मजदुरको मृत्यु भएमा उसलाई क्षतिपूर्ति प्रदान गर्नका लागि कोष खडा गर्नेगरी मन्त्रालय समक्ष विभागले सिफारिस गर्ने भएको छ। यातायात श्रमिकहरूका लागि आवश्यक सम्पूर्ण स्वास्थ्य सामग्रीहरू (मास्क, स्यानिटाईजर, पन्जा, पिपिई) सम्बन्धित व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भिमज्वाला राईले जानकारी दिए।

    सरकाले असार २६ गते सार्वजनिक सवारी चलाउन दिने निर्णय गरे पनि यातायात व्यवसायीले अहिलेकै अवस्थामा सवारी नचलाउन नसकिने अडान लिएका थिए। अडानसँगै सरकारसँग वार्ता गर्न छुट्टै कार्यदलसमेत उनीहरुले बनाएका थिए।

    उक्त कार्यदलले विभिन्न नेताहरुसँग आफ्ना समस्या राख्दै आएको थियो। सोही प्रयासपछि सोमबार सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले जानकारी दिए।

    उनले भने, ‘सरकारले निर्णय गरेको १४ दिनपछि हामी ग्यारेजबाट सवारी निकाल्न तयार भएका छौँ। अब बिहीबारदेखि सबै खाले गाडी चल्नेछन्।’

    अहिले यातायात व्यवसायीहरुले मध्यम र लामो दूरीका यातायात सञ्चालन गर्नसमेत पाउनुपर्ने माग राख्दै आएका छन्।

    काठमाडौँ उपत्यकामा संक्रमण निकै कम देखिइरहेको र अन्य जिल्लाहरुमा अझै पनि जोखिम हटीनसकेको अवस्थामा तत्कालै लामो दूरीको यातायात खुला गर्न नसकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

    यसअघि पनि थुप्रै निजी कम्पनीहरुले बस सेवा सुरु गरेका छन् भने साेमबारदेखि सार्वजनिक यातायात राष्ट्रिय महासंघले बस चलाउन सुरु गरिसकेकाे छ।

    प्रतिक्रिया दिनुहोस