काठमाडौं- आइतबार विहानभरि आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई ‘तपाइँहरुसँगै छु’ भनेर प्रष्टिकरण दिएका प्रचण्ड डिनर समयमा भने बालुवाटार छिरेका छन् । शनिवारकाे बैठकमा आफ्नो भूमिकालाई लिएर नेपाल समुहलाई स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
आज आइतबारलाई ताेकिएकाे स्थायी कमिटी बैठक दुई दिन स्थगित गरेर अध्यक्षद्वयबीच सहमतिको प्रयास भइरहेको र यसै अन्तर्गतकाे भेट भएकाे स्राेतले जनाएकाे छ । शनिबारको बैठकमा मंसिरमा आउँदो मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमति जनाएका प्रचण्डले माधव नेपाल समूहसँगको छलफलमा आफूले सहमति नजनाएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस