२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
माधव नेपाललाई प्रचण्ड व्रिफिङ

‘शिलत निवास लगेर फसाउन खाेजियाे’ भन्दै किन राेए प्रचण्ड ?

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- पूर्वएमालेतर्फका केही स्थायी कमिटी सदस्यहरुले शनिबार बिहानै प्रचण्डसँग भेट गर्ने समय मागेका थिए । तर, प्रचण्डले आइतबार बिहान ९ बजे खुमलटार आउने गरी समय दिए ।

    शनिबार रातभरिमा पार्टीभित्रको परिस्थिति नाटकीय रुपमा बदलियो । मंसिरमा महाधिवेशन गराउने गरी शनिबारको सचिवालय बैठकमा ओली र प्रचण्डबीच चोचोमोचो मिलिसकेको सन्देश बाहिरियो । र, सोही रात शीतलनिवासमा राष्ट्रपतिलाई साक्षी राखेर केपी ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच थप छलफल भएपछि प्रचण्ड र ओली मिलेकै हुन् भन्ने थप सन्देश गयो ।

    पूर्वनिर्धारित कार्यक्रमअनुसार माधव नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली भीम रावल, बेदुराम भुसाल, रघुजी पन्त, भीम आचार्य, लगायतका नेताहरु आइतबार बिहान खुमलटारमा पुग्दा त्यहाँ माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन लगायतका नेताहरु भेला भइसकेका थिए ।

    आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।

    आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।

    सबैले प्रचण्डलाई नै सोधिरहेका थिए, ‘तपाई र केपी ओलीबीच सहमति भएको हो ? मंसिरमा महाधिवेशन गर्न सम्भव छ त ? राष्ट्रपतिलाई भेट्न रातारात शीतलनिवास किन जानुभएको ?’

    जवाफमा प्रचण्डले आफू केपी ओलीतिर नलागेको स्पष्टीकरण दिए । साथै प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले आफूलाई परिवन्दमा पारेर शीतलनिवासमा पुर्‍याएको र फसाउन गर्न खोजेको प्रचण्डले गुनासो पोखे ।

    राष्ट्रपति कार्यलयमा बोलाएर फसाउन खोजेको महसुस हुनासाथ आफूले छोरी गंगा दाहाललाई शनिबार राति नै फेसबुकमा स्टाटस लेख्न लगाएर सहमतिको भ्रममा नपर्न भनिसकेको प्रचण्डले स्पष्टीकरण दिए ।

    शनिबार सचिवालयको बैठकअघि ओलीले महाधिवशेनको प्रस्ताव बैठकमा लैजान्छु भनेर जानकारी दिएको सुनाउँदै प्रचण्डले भने, ‘हिजोको बैठकमा सो प्रस्तावको आलोचना गर्न नसक्नु र नरमरुपमा प्रस्तुत हुनु मेरो कमजोरी भयो । तर, म तपाईहरुको साथमै छु, ढुुक्क हुनोस्, ओलीजीसँग कुनै सहमति गरेको छैन ।’

    ‘परिबन्दमा पारेर शीतलनिवास पुर्‍याइयो’

    आफूलाई प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलले परिवन्दमा पारेर शीतल निवासमा पुर्‍याएको र त्यहाँका कुरा सुन्दा फसाउन र बदनाम गर्न खोजिएको आफूलाई महसुस भएको प्रचण्डले खुमलटारमा उपस्थित नेताहरुलाई बताएका छन् ।

    आइतबार प्रचण्डले माधव नेपाललगायतका नेताहरुलाई गरेको ब्रिफिङ अनुसार सचिवालयको बैठकपछिको घटना यस्तो छ–

    शनिबार दिउँसो साढे ३ बजेदेखि करिब साढे ७ बजेसम्म सचिवालय बैठक सकिएर उठ्नैलाग्दा महासचिव विष्णु पौडेलले प्रचण्डलाई एसएमएस पठाए । सो एसएमएसमा प्रधानमन्त्रीले छलफल गर्न चाहनुभएको छ भनिएको थियो ।

    बैठक सकेर निवासतिर फर्किन लागेका प्रचण्ड महासचिवको एसएमएसपछि नजिकै रहेको प्रधानमन्त्री क्वार्टरतर्फ लागे । तर, प्रधानमन्त्री ओली क्वार्टरमा थिएनन् ।

    लगत्तै प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन आयो, ‘म त यता शीतलनिवासतिर आइसके, तपाई पनि आउनुहोस् राष्ट्रपतिज्यूले छलफल गरौं भन्नुभएको छ ।’

    प्रचण्ड केहीबेर बिलखबन्दमा परे । एकाएक शीतलनिवासमा ? राष्ट्रपतिले नै बोलाएको हो भने नजाऔं पनि कसरी ? त्यसपछि उनको गाडी खुमलटारतिर नलागी शीतलनिवासतिर हानियो ।

    शीतल निवासमा पुग्दाखेरि त्यहाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथमा महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि थिए । शंकर पोखरेल पनि थिए ।

    अब दुई अध्यक्ष आपसमा मिल्नुपर्छ भन्ने लामो कुरा सुनिसकेपछि प्रचण्डले आफूलाई अपमानित महसुस गरे । र, शीतलनिवासबाट फर्कनासाथ वीच बाटोबाटै उनले छोरी गंगा दाहाललाई फेसबुकमा स्टाटस लेख्न लगाए ।

    स्टाटसमा यसो भनिएको थियो– ‘आज अध्यक्षद्वयबीच भएको छलफलपछि बसेको पार्टी सचिवालयको बैठकमा सहमति खोज्ने क्रममा विभिन्न विषयहरु (महाधिवेशन लगायतका) मा छलफल भएता पनि कुनै पनि विषयमा सहमति भएको छैन र सम्पूर्ण विषयहरु छलफलकै क्रममा रहेकाले कोही पनि भ्रममा नपरौं ।’

    आइतबार बिहान खुमलटारमा भेला भएका नेताहरुसँग प्रचण्डले भने, ‘यसरी मलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको हो, मलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ भन्ने महसुस भएको छ ।’

    प्रचण्डले आफ्नो समूहका नेताहरुसँग भने, ‘अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन । एकपछि अर्को तुरुप कार्ड ल्याउनुभएको छ, कुनै पनि भरपर्दो छैन, विश्वसनीय छैन । त्यस्तो भ्रममा म पर्दिनँ ।’

    मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा आफ्नो सहमति नरहेको प्रष्टले स्पष्ट पारेका छन् । ‘महाधिवेशन गर्नका लागि होइन । यो भरपर्दो प्रस्ताव पनि होइन । विचारमा छलफल छैन, सदस्यता टुंगिएको छैन, विषयान्तर गर्ने प्रयत्न हो’ प्रचण्डले भने, हिजै हुँदैन भनेको थिएँ, बाहिर गलत समाचार सम्प्रेषण भयो । हिजो सचिवालयबाट खण्डन गर्न लगाएँ ।’

    प्रचण्डले अगाडि भने, ‘शीतलनिवासमा जाने कुनै कार्यक्रम थिएन, अरु साथी पनि गएका रहेछन्,तपाई पनि आउनुपरो एकछिन भन्नुभयो । अपर्झट गएको हो । सहमति भएको छैन । अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन ।’

    मंसिरमा अर्ली महाधिवेशन गर्ने केपी ओलीको प्रस्तावमा सहमति जनाएका नेकपा अध्यक्ष प्रचण्ड १२ घण्टा नबित्दै पछि हटेको ओली पक्षका नेताहरुको आरोप छ । उनीहरुको दाबी के छ भने विष्णु पौडेल र जनार्दन शर्माले ओली र प्रचण्डवीच सहमतिको मस्यौदा नै तयार पारिसकेका थिए । शीतलनिवासमा त्यो सहमतिमा प्रचण्डलाई मनाउने तयारी थियो, तर उनी सहमति नगरी फर्किए ।

    यसअघि पनि आलोपालो प्रधानमन्त्री बन्ने सहमतिमा हस्ताक्षर गर्दा विष्णु पौडेल र जनार्दन शर्मा नै साक्षी बसेका थिए । अहिले केपी ओलीले त्यो लिखित सम्झौता अस्वीकार गर्दै आएकाे अनलाइन खबरले समाचार लेखेकाे छ ।

    प्रतिक्रिया दिनुहोस