२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024
नागरिक विष्लेषण

शितल निवासको ‘तामोतुलसी’ र ‘जुनमा सुकाएको विस्कुन’

  • २०७७ श्रावण ४, आईतबार मा प्रकाशित ३ साल अघि
  • स्थायी कमिटी स्थगन गरेर शनिवार डाकिएको नेकपाको सचिवालयमा खुमलटारको ‘कमन अन्डरस्टेन्डिङ’ प्रचण्डले कर्याप्प चपाइदिए । उनले ‘प्रधानमन्त्रीले भनेजस्तै हो, मेरो कुरा पनि त्यही हो, मैले आलोपालो प्रधानमन्त्रीको सहमति छाडें’ भन्दा अन्य ओलिइतरका सचिवालय सदस्यले दङ् खाए ।

    सचिवालय अघि भएको छलफलमा प्रचण्ड चुनावी सरकारको नेतृत्व दिने, मंसिरमा महाधिवेशनबाट एकल अध्यक्ष हुने सपनामा डुबिसकेका थिए । बालुवाटारको भाषामा भन्दा प्रचण्डको ‘सकारात्मक मुभ’ सचिवालयमा देखेपछि माधव नेपाललगायतका नेता झस्किएका छन् ।
    सचिवालयमा यस्तो छलफल भए पनि पार्टीको विवाद हल गर्न चाँडो महाधिवेशन बोलाएर सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने ओलिको लचिलो प्रस्तुतीमा प्रचण्ड सहमतिलाई अन्य नेताहरुले खासै नकारात्मक नलिए पनि मंसिरमा महाधिवेशन हुन नसक्ने कुरा मात्रै राखे । प्रचण्डको यो ‘युटर्न’ निकै कसिलो बनिसकेको बालुवाटारको विश्वास छ ।

    किनकी, सचिवालयपछि ओलि–प्रचण्ड ‘अर्लि महाधिवेशन’मा एकल अध्यक्षपछि चुनावी सरकारको प्रधानमन्त्रीको ‘तामोतुलसी’ गर्न शितल निवास हान्निए । शितल निवासको मात्रै साछिले प्रचण्ड विश्वस्त हुन नसकेपछि विष्णु पौडेल र जनार्दन शर्मालाई छेउमा बोलाएर गरिएको त्यस्तो ‘तामोतुलसी’लाई ‘खुमलटार गठबन्धन’ भत्काउने कडीका रुपमा बालुवाटारका हर्ताकर्ता अथ्र्याउन थालेका छन् ।

    अवसरको जगमा विधिको लेपन दिन माहिर ‘प्रचण्ड प्रवृत्ति’ अन्ततः ओलि मोर्चामा विलिन हुने त्यही तामोतुलसीले संकेत गरिसकेको छ ।

    यता, प्रचण्डलाई अस्थिर पात्र हुन भन्ने थाहा पाएरै ओलि बिरुद्धको मोर्चाको नेता बनाएका नेपालले खुमलटारमा किन जुनेलीमा विस्कुन सुकाए त ? भन्ने चर्चा शुरु भएको छ । विधीको मुद्दालाई बटमलाइन बनाएका नेपाल बामदेव, प्रचण्ड र नारायणकाजी समेतको सहायतामा आफ्ना एजेण्डा स्थापित गर्न चाहान्थे । त्यो अब थप पेचिलो चाँही शितल निवासको त्यही तामोतुलसीले बनाइदिएको छ । यही कारण नेपाल–दाहाल सम्बन्ध टाढिने र अन्ततः उनी पेण्डुलम हुने बालुवाटारको प्रक्षेपण छ । यसलाई नेपाल पक्षले राम्ररी बुझे पनि प्रचण्ड मोहोरा यो पटक काम लाग्ने देखिएन ।

    बामदेवको लाइन शनिवारपछि के हुन्छ बाहिर नदेखिए पनि एकल अध्यक्ष र चुनावी प्रधानमन्त्रीको ललीपपमा फसेका प्रचण्ड नेपाल समुहलाई त्यो सहमति नभएर प्रधानमन्त्रीको प्रस्तावका रुपमा व्रिफिङ गर्दै आस्वस्त पार्न प्रयासमा छन् । शिलत निवासको तामोतुलसी र खुमलटार मोर्चा दुईतिर खुट्टा हालेका उनले कताको खुट्टा पहिले झिक्छन् त्यो साउन ६ गतेको स्थायी कमिटीको पूर्व सन्ध्यामा केही आँकलन गर्न सकिएला ।
    नेपालको पुरानो मोर्चामा केही नेताहरु मूलधार बन्ने प्रयत्नमा लागेको सन्दर्भमा स्थायी कमिटीमा १०–१५ नेता ‘न्यूटलाइज्ड’ गराएर मात्रै एजेण्डा सहितको बैठकमा बस्ने ओलि पक्षको तयारी रहेको बुझ्न कठिन छैन । नेकपाभित्रका यि अनेक तुरुप सैदान्तिक नभएर नेताहरुको व्यवस्थापन मात्रै हो ।

    शिलत निवासको तामोतुलसी र खुमलटार मोर्चा दुईतिर खुट्टा हालेका उनले कताको खुट्टा पहिले झिक्छन् त्यो साउन ६ गतेको स्थायी कमिटीको पूर्व सन्ध्यामा केही आँकलन गर्न सकिएला ।

    विधिको जगमा नेता व्यवस्थापनको मुद्दामा अडिएका नेपाल समुह र अवसरपछि विधी बनाउने ओलि समुह दुवैको तानातानमा समस्या समाधानको अचुक अस्त्र माने पनि स्थायी कमिटीलाई जुनको विस्कुन नै बनाइएको छ । भलै त्यो विस्कुल सुकाउन प्रचण्ड योगदान पनि कम देखिएन ।

    त्यहाँ छरिएका एजेण्डा पुनःलेखनको अवस्थामा पुगेर मात्रै नेकपाको धेरैले भन्ने गरेको ‘स्थगन कमिटी’ उठ्ने संभावना छ, भने त्यो बेलासम्म अवसरको जगमा विधिको लेपन दिन माहिर ‘प्रचण्ड प्रवृत्ति’ अन्ततः ओलि मोर्चामा विलिन हुने त्यही तामोतुलसीले संकेत गरिसकेको छ । यस्तो अवस्थामा नेपाल समुहका एक नेताको भनाइमा ‘ओलि–प्रचण्ड’ अवसरवादी मोर्चाको विरुद्ध ‘विधि’ भनेर उभिने फेरि नेपालसमुह नै हुनेछ ।

    याे पनि पढ्नुहाेस्:   प्रचण्डलाई चुनावी सरकारकाे ललीपप्

    प्रतिक्रिया दिनुहोस