२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

फेरि आयाे सलह, किसान चिन्तित

  • २०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै‌ं-  कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा सलह किराको झुण्ड देखा परेपछि किसान चिन्तित बनेका छन् । पुनर्वाश नगरपालिका–१२ मा बिहीबार राति देखिएको सलह शुक्रबार सम्ममा जिल्लाका विभिन्न स्थानमा देखिएपछि किसान चिन्तित बनेका हुन् ।

    बिहीबार राति कञ्चनपुरको पुनर्वाश नगरपालिका–१२ मा देखिएको सलह किराको झुण्ड कृष्णपुरको सिहु सामुदायकि वन हुदै शुक्रबार शुक्लाफाटा नगरपालिका, वेदकोट नगरपालिका तथा भिमदत्त नगरपालिका प्रवेश गरेको हो । सलह किरा भारतबाट कञ्चनपुरको दक्षिणी क्षेत्र हुँदै जिल्ला प्रवेश गरेको थियो ।

    कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा वालि संरक्षण प्रयोगशाला सुन्दरपुरको संयुक्त टालीले किसानलाई सचेत गराउनुका साथै सलह किरा धपाउन सहयोग गरपछि बाली नोक्सान हुन नपाएको भिमदत्तनगरपालिका–२ का किसानले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस