ओखलढुंगा– ओखलढुंगामा एक आर्थिक वर्षमा १८ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आर्थिक वर्ष ०७६÷०७७ मा भएका दुर्घटना चालकको लापरवाही, जोखिमपूर्ण सडक लगायत कारण रहेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा १२ जनाको ज्यान गएको प्रहरीको अभिलेखमा छ । चालु वर्षमा दुर्घटना र मृत्यु हुनेको संख्यामा समेत कमी आएको पाइएको छ ।
त्यस्तै चालु आर्थिक वर्षमा ३ हजार १ सय १५ सवारी कारवाहीमा परेका छन् । सवारी नियम उलंघन गर्ने त्यस्ता सवारी कारवाहीबाट १९ लाख ७५ हजार राजश्व संकलन गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्टका असइ पदम भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस