२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

जी न्युजका सम्पादकले किन मागे माफी ?

  • २०७७ अषाढ २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • नयाँदिल्ली- भरतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका छन् ।

    नेपालमा याँका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’

    सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आपत्ति जनाउँदै विरोध गरेका थिए । विरोध हुन थालेपछि उनले आफ्नो ट्वीट हटाएका हुन् । उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुलाई चोट पुर्याएको र धेरै साथीले उक्त बिचार सही नभएको सुझाव दिएपछि दुख व्यक्त गर्दै ट्वीट हटाएको उनको भनाइ थियो ।

    यसअघि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे बनावटी रिपोर्ट गरेको थियो । तर यसका प्रधान सम्पादक चौधरीले यसबारे केही प्रतिक्रिया दिएका छैनन् । -अन्नपूर्ण

    प्रतिक्रिया दिनुहोस