२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार २ सय ७४ पुग्यो

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमान्डाँै । शुक्रवार थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिराटनगरमा ३, जनकपुरमा १५, टेकुमा ४१, हेटौँडमा ६, शिक्षण अस्पतालमा ५, पोखरामा १ , कास्कीमा १७, पोखरामा ७, रुपन्देहिमा १ सय ७ र सेति अस्पतालमा २४ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
    पछिल्लो २४ घण्टामा ४ हजार २ सय ३१ गरी आजसम्म पीसीआर विधिबाट १ लाख ६१ हजार ७ सय ४९ जनाको परीक्षण भएको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस