डा. टाेकराज पाण्डे
प्रश्न : सहकारी ऐनअनुसार सहकारी संस्थाको सन्दर्भ ब्याजदर तोक्ने समितिको गठनबारे लेख्नुहोस् ।
‘दिगो विकासका लागि सहकारी’
सहकारी मूल्य–मान्यता र सिद्धान्तको प्रर्वद्धन गर्न सहकारी ऐन २०७४ जारी भएको हो । ऐनको पच्छिेद ७ को दफा ५१ बमोजिम रजिस्ट्रारले देहायबमोजिमको समितिको सिफारिसमा सन्दर्भ ब्याजदर तोक्न सक्दछ ।
सहकारी संस्थाको सन्दर्भ ब्याजदर तोक्ने समिति
(क) रजिस्ट्रार – संयोजक
(ख) प्रतिनिधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, नेपाल राष्ट्र बैंक – सदस्य
(ङ) प्रतिनिधि, राष्ट्रिय सहकारी विकास बोर्ड – सदस्य
(च) राष्ट्रिय सहकारी महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक प्रतिनिधि – सदस्य
(छ) प्रतिनिधि, राष्ट्रिय सहकारी बैंक – सदस्य
(ज) महासंघको अध्यक्ष वा निजले तोकेको सञ्चालक एक र महासंघले तोकेको केन्द्रय विषयगत संघहरूबाट दुईजना – सदस्य
(झ) उप–रजिस्ट्रार, सहकारी विभाग – सदस्य सचिव
यसरी तोकिएको समितिले स्पे्रड दर ६ प्रतिशतमा नबढ्ने गरी विभिन्न सूचकका आधारमा सन्दर्भ ब्याजदर तोक्न सक्ने व्यवस्था छ ।
प्रश्नः गाउँपालिका तथा नगरपालिकाले कस्ता कार्य अन्य गाउँपालिका वा नगरपालिकासँग साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्छन् ? ५
‘शासनमा सहभागिताका लागि स्थानीय सरकार’
सहभागितामूलक शासन प्रणालीलाई सुदृढ गरी स्थानीय सरकारको प्रभावकारी सञ्चालनका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी भएको हो । ऐनको परिच्छेद ६ को दफा २६ मा साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने व्यवस्था गरेको छ ।
यसरी साझेदारीमा कार्य गर्दा लागत न्यूनीकरण, स्रोत–साधनको अधिकतम उपयोग वा प्रभावकारी सेवा प्रवाह हुने अपेक्षा ऐनले गरेको छ ।
प्रतिक्रिया दिनुहोस