२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

‘तिम्रा दुई बहिनीलाई’ घांसे गीत सार्वजनिक

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  ‘तिम्रा दुई बहिनीलाई’ नामको घांसे भाकाको गीत सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट घांसे भाकाको यो गीत सार्वजनिक गरिएको हो ।

    यादव श्रेष्ठको शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, सपना गुरुङ, उमन श्रेष्ठ र अमृत खातिको स्वर रहेको छ । त्यसैगरी शंकलन विक्रम जंग शाहको रहेको छ । गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुस् ख साटासाट गर्न गीतमार्फत घांसे भाकामा गाउँदा निकै सहज र मिठास सुनिने गर्दछ ।

    डिएआर मुभिजले योभन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले ‘लाग्यो असार’ गीत सार्वजनिक गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस