२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

चीनमा काेराेना संक्रमणकाे नयाँ श्रृंखला, पुनः लकडाउन लागू

  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडाैं- कोरोना भाइरस संक्रमणको नयाँ श्रृखंलापछि चीनको राजधानी नजिकैको करिब पाँच लाख जनसंख्या रहेको क्षेत्र आङसिन काउन्टीमा पुनः लकडाउन लागू गरिएको छ ।

    लकडाउन लागू भएसँगै अब उक्त क्षेत्रमा परिवारका एक सदस्यलाई मात्र दिनमा एक पटक खाद्यान्न तथा औषधिजन्य र अतिआवश्यक वस्तु किन्न बाहिर निस्कने अनुमति दिईएको छ ।

    चीनले पहिलो चरणमा कोरोना संक्रमितलाई पूर्णतया नियन्त्रणमा ल्याएको घोषणा गरेको केही समयपछि समुदायमा नै संक्रमण फैलिएको आशंकामा बेइजिङ नजिकैको सिनफादी क्षेत्रका बस्तीहरूलाई बन्द गरी परीक्षण गरेको थियो । चीनको राजधानी बेइजिङ र छिमेकी हुबेई प्रान्तमा पछिल्लो समय पुनः संक्रमण देखिन थालेपछि सरकारले स्थानीय बस्तीहरूलाई अन्य क्षेत्रसँगको सम्पर्कबाट पनि बन्द गरेको छ । चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार बेइजिङबाट करिब १ सय ५० किलोमिटर टाढा अवस्थित आङसिन काउन्टीमा सयौँको संख्यामा संक्रमित भेटिएपछि त्यस क्षेत्रलाई पूर्ण बन्द गरी संक्रमण फैलिन नदिने प्रयास गरेको छ ।

    बेइजिङमा विगत २४ घण्टामा थप १४ व्यक्तिमा कोरोना सक्रमण पुष्टि भएपछि उक्त कदम चालिएको हो ।

    प्रतिक्रिया दिनुहोस