२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

४७६ जनामा काेराेना, संक्रमित संख्या १३,२४८ पुग्याे

Thumbnail
  • २०७७ अषाढ १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं-  नेपालमा थप ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा चार सय ७६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो, जसमा एक सय  १२ महिला र ३ सय ६४ जना पुरूष रहेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म संक्रमितकाे संख्या १३ हजार दुई सय ४८ पुगेकाे छ ।

    त्यस्तै, विगत २४ घण्टामा एक सय ८ पुरूष र १३ महिलासहित १ सय २१ जना निकाे भएर घर फर्किएका छन् । हालसम्म काेराेन निकाे हुनेकाे संख्या ३ हजार १ सय ३४ पुगेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस