२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

भारतमा एकैदिन थपिए करिब २० हजार कोरोना संक्रमित

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ अषाढ १४, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- भारतमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् ।

    यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८५९ पुगेको छ । भारतमा लगातार नवौं दिन कोरोनाका १४ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् ।

    त्यस्तै भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पनि १६ हजार नाघेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण १६ हजार ९५ जनाको मृत्यु भइसकेको छ ।

    भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ५९ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार २७३ जनाको मृत्यु भइसकेको छ ।

    दिल्लीमा ८० हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ५५८ जनाको मृत्यु भइसकेको छ ।

    त्यस्तै तामिलनाडुमा पनि ७८ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २५ जनाको मृत्यु भइसकेको छ ।

    उत्तर प्रदेशमा अहिलेसम्म २१ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६४९ जनाको मृत्यु भइसकेको छ ।

    पश्चिम बंगालमा पनि अहिलेसम्म १६ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६२९ जनाको मृत्यु भइसकेको छ ।

    बिहारमा पनि करिब नौ हजार संक्रमित भेटिँदा ५९ जनाको मृत्यु भइसकेको छ ।

    अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख नौ हजार ७१३ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस