२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

कैलालीका थप एक जना सङ्क्रमितको ज्यान गयो

  • २०७७ अषाढ १३, शनिबार मा प्रकाशित ३ साल अघि
  • कैलाली– कैलालीका थप एक जना कोरोना सङक्रमितको ज्यान गएको छ । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा ज्यान गएको अस्पतालले जनाएको छ ।

    उहाँ क्यान्सरको बिरामी हुनुहुन्थ्यो । चितवन मेडिकल कलेजमा उपचाररत उहाँलाई बिहीबार राति कोरोना सङ्क्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि र आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ ।
    योसँगै कैलालीमा मात्रै कोरोनाका कारण चार जनाको ज्यान गएको छ ।

    प्रतिक्रिया दिनुहोस