बुटवल- पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका दुई जवानमा कोरोना संक्रमण देखिएको छ ।
नेपाली सेनाको पाल्पा तानसेनस्थित गोरखदल गणका ३३ र ३४ वर्षका जवानको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरु दुईजनासँगै शव व्यवस्थापन कार्यमा संलग्न अर्का एकजना पुरुषको भने कोरोना रिपोर्ट नेगेटिभ आएको पन्थीले जानकारी दिए ।
शव व्यवस्थापन गरेको दिनदेखि नै उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । ‘शव व्यवस्थापन गर्ने बेला भारी वर्षा भएको हुँदा र्याल चुहिएर संक्रमण फैलिएको हुनसक्छ,’ सूचना अधिकारी पन्थीले भने ।
प्रतिक्रिया दिनुहोस