२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

अर्थव्यवस्थामा अनुमान गरेकोभन्दा धेरै असर : अन्तर्राष्ट्रिय मुद्रा कोष

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाै – विश्वव्यापी कोरोना सङ्क्रमणका कारण अर्थव्यवस्थामा सुरुवाती अवस्थामा अनुमान गरेकोभन्दा धेरै असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष, आईएमएफले जनाएको छ ।

    कोरोना महामारी बढ्दै गएका कारण विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ । आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउनेछ । गएको अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो ।

    कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिंदै गएको आईएमएफको भनाई छ । दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस