२०७७ मंसिर २०, शनिबार | Sat, 05, Dec, 2020

प्रेरक प्रसंग: दुःखको कारण

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • एकपटक स्वामी विवेकानन्दको आश्रममा दुःखीजस्ता देखिने एक व्यक्ति आए । उनले आउनासाथ स्वामीजीको पाउमा परेर आफ्नो समस्या सुनाए । आफू पढेलेखेको र मिहिनेती हुँदाहुँदै पनि सफल हुन नसकेको उनको गुनासो थियो ।

    “तिमी आफूलाई असफल, अभागी र भगवानबाट ठगिएको ठानेर आफैँमाथि अन्याय गरिरहेका छौ”

    विवेकानन्दले उनको समस्या बुझे । उनले ती आगन्तुकलाई एकछिन आफ्नो कुकुर डुलाएर आएपछि मात्र यसबारे कुरा गर्ने बताएर कुकुर जिम्मा लगाइदिए । ती आगन्तुक पनि अचम्म मान्दै विवेकानन्दको कुकुर लिएर बाहिर निस्किए ।

    कुकुर डुलाएर केही समयपछि ती व्यक्ति आश्रममा फर्किए । फर्किंदा ती व्यक्ति खासै थकित देखिँदैनथे भने कुकुरचाहिँ निकै थकित देखिन्थ्यो । विवेकानन्दले ती आगन्तुकसित यसको रहस्यबारे जिज्ञासा राखे ।

    उनको जिज्ञासा सुनेपछि ती आगन्तुकले भने- स्वामीजी, बाहिर डुलाउन लाँदा म सीधा बाटोबाट हिँडिरहेँ । तर, यो कुकुरचाहिँ कहिले यो कुना त कहिले ऊ कुना गर्दै बाटामा भेटिएका कुकुरको पछाडि–पछाडि दौडिरह्यो । कैयौँसँग त यसले झगडा पनि गर्‍यो । त्यसैले यो निकै थकित देखिन्छ । तर, म भने सीधा बाटो हिँडिरहेको हुनाले खासै थकित छैन ।

    विवेकानन्दले मुसुक्क हाँस्दै भने- यही तिम्रो प्रश्नको जवाफ हो । तिम्रो लक्ष्य पनि नजिकै छ । त्यो धेरै टाढा छैन । तर, तिमी सीधा लक्ष्यतिर अघि बढ्नुको साटो अन्य मानिसको पछिपछि दौडिरहन्छौ । जसले गर्दा तिम्रो लक्ष्य तिमीबाट टाढा पुगिरहेको हुन्छ । त्यसैले तिमी आफूलाई असफल, अभागी र भगवानबाट ठगिएको ठानेर आफैँमाथि अन्याय गरिरहेका छौ ।

    प्रतिक्रिया दिनुहोस