२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

‘मौद्रिक नीतिले पूर्वाधारमा सहजीकरण गर्नुपर्छ’

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाण्डाैं- पूर्वाधार क्षेत्रका सरोकारवालाहरूले महामारीपछि कोभिड–१९ का कारण समस्यालाई सहजीकरण गर्ने मौद्रिक नीति नआएमा समग्र क्षेत्रमै गम्भीर समस्या आउने बताएका छन् ।
    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘भर्चुअल’ छलफलमा उनीहरूले ऊर्जा, भौतिक, सूचना प्रविधि जस्ता क्षेत्रलाई मोद्रित नीतिले लगानी बढाउने र कोरोनाको प्रभावबाट पुनर्जीवन दिने गरी नीति ल्याउनुपर्नेमा जोड दिए । सरल व्याजदर, पुनःकर्जाको व्यवस्था र केही नीतिगत सुधार गरी कोरोनाका कारण समस्यामा परेका पूर्वाधार क्षेत्रमा नयाँ जीवन दिन सकिने बताए ।

    पूर्वाधार क्षेत्रका सरोकारवालाहरूले महामारीपछि कोभिड–१९ का कारण समस्यालाई सहजीकरण गर्ने मौद्रिक नीति नआएमा समग्र क्षेत्रमै गम्भीर समस्या आउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बिहीबार आयोजना गरेको ‘भर्चुअल’ छलफलमा उनीहरूले ऊर्जा, भौतिक, सूचना प्रविधि जस्ता क्षेत्रलाई मोद्रित नीतिले लगानी बढाउने र कोरोनाको प्रभावबाट पुनर्जीवन दिने गरी नीति ल्याउनुपर्नेमा जोड दिए ।
    सरल व्याजदर, पुनःकर्जाको व्यवस्था र केही नीतिगत सुधार गरी कोरोनाका कारण समस्यामा परेका पूर्वाधार क्षेत्रमा नयाँ जीवन दिन सकिने बताए । पूर्वऊर्जा तथा अर्थसचिव सुमनप्रसाद शर्माले मौद्रिक नीतिमा समेटिएका प्रावधानले ऊर्जा क्षेत्रलाई प्रभावित बनाउने उल्लेख गर्दै जलविद्युत्मा हुने लगानीको ब्याजदर पुनरावलोकन गरिनुपर्ने बताए । उनले रुग्ण परियोजनालाई वित्तीय स्रोत सुनिश्चित गर्ने विषयलाई मौद्रिक नीतिमा समेट्न सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस