२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

फुटसल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण

  • २०७७ अषाढ १२, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — नेपाल फुटसल व्यवसायी महासंघले अविलम्ब फुटसल सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ज्ञापनपत्र बुझाउँदै व्यवसाय सञ्चालनका लागि सरकारसँग अनुरोध गरेको हो ।

    लगातारको बन्दाबन्दीका कारण फुटसल व्यवसाय चरम आर्थिक संकटमा रहेको महासंघले जनाएको छ । ‘बिजुली, जग्गा भाडा, बैंकको ब्याज, कर्मचारीको तलब व्यवस्था गर्ने अवस्था छैन । हामी यस अवस्थामा खेल सञ्चालन गर्दा १० जनालाई मात्र मैदान प्रवेश गराउने प्रतिबद्धता गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

    त्यस्तै महासंघले खेल मैदान परिसर प्रेवशअघि खेलाडीको तापक्रम जाँच्ने, साबुन पानीको व्यवस्था, स्यानिटाइजर र व्यवस्थित बारुथरुको व्यवस्था गरेर व्यवसाय सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ । महासंघले यतिबेला फुटसल मैदान वृद्ध, अपांगता भएका, बालक तथा सबै नागरिकका लागि मानसिक र शारीरिक तन्दुरुस्तीको स्थान बन्ने दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस