२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

३ सय मानिसमा कोरोनाविरूद्धको खोप परीक्षण गर्ने तयारी

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बेलायत- मानिसमाथि कोरोनाको खोप परीक्षण गर्ने तयारी सुरू भएको छ। लन्डनको इम्पेरियल कलेजमा ३ सय मानिसमाथि खोपको परीक्षण गर्ने तयारी भएको बिबिसीले जनाएको छ।

    यसको परीक्षणको नेतृत्व प्राध्यापक रविन शटोले गर्ने जनाइएको छ। समाचारका अनुसार जनावरमाथि गरिएको खोप परीक्षण सफल भएको र यस खोपले मानिसको प्रतिरोधी क्षमता बलियो बनाउन सहयोग पुर्‍याउने बताइएको छ।

    हाल विश्वका १ सय २० ठाउँमा कोरोनाविरूद्धको खोप बनाउने प्रयास जारी रहेको छ। यसमध्ये १३ स्थानमा खोप चिकित्सकीय परीक्षणको तहसम्म पुगिसकेको छ।

    चीनमा पाँच, अमेरिकाका ३ र बेलायतका दुई वटा खोप विकास कार्यक्रम चिकित्सकिय चरणमा पुगेका छन्। यसका अलावा अस्ट्रेलिया, रूस र जर्मनीका १(१ खोप विकास कार्यक्रम यो तहमा पुगेको बिबिसीले आफ्नो समाचारमा उल्लेख गरेको छ।

    प्रतिक्रिया दिनुहोस