२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा ठेगाना भएका २ पुरुषमा आज कोरोना संक्रमण पुष्टि

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगा ठेगाना भएका २ पुरुषलाई आज कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा उक्त जानकारी दिइएको हो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा कोरोनाको पीसीआर परीक्षण गर्दा ओखलढुंगा ठेगाना उल्लेख गरिएका २ पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तर संक्रमित अहिले कुन जिल्लामा छन् र उनीहरु ओखलढुंगा जिल्लाको कुन ठाउँका हुन् भन्ने विषयमा जानकारी दिइएको छैन ।

    जिल्लाभित्र थप व्यक्तिलाई कोरोना भएकाे हाेइन

    जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख सुमन तिवारीका अनुसार जिल्लाभित्र थप व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको छैन । यसअघि भारतबाट आएर क्वारेन्टाइनमा रहेका लिखु गाउँपालिकाका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    जिल्लाबाट बुधबार परीक्षणका लागि पठाइएको १ सय ३७ जनाको कोरोनाको पीसीआरको रिपोर्ट आउन अझै समय लाग्ने भएको छ । आज साँझ पहिलो घान आज हाल्ने तयारी भएको तिवारीको भनाई छ । यसअघि कोरोनाको पीसीआरको रिपोर्ट आउन बाँकी थिएन ।

    जिल्लालबाट काठमाडौँ, धुलिखेल, विराटनगर र धरानमा रहेको ल्याबमा कोरोनाको पीसीआर परीक्षण गरिँदै आएको छ । ओखलढुंगा ठेगाना उल्लेख भएर आएका २ पुरुषको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गरिएको भनिएको छ । जिल्लाबाट जुम्लामा स्वाब परीक्षण गर्नका लागि पठाइएकै छैन । त्यसैले पनि जुम्ला आसपासमा रहेका ओखलढुंगा ठेगाना भएका पुरुषमा संक्रमण देखिएको हुनसक्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस