२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

खेलकुद विधेयक प्रमाणीकरण

  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं- खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट‍्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी छन् ।

    संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    खेलकूद विकाससम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकसंगै राष्ट्रपतिले शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न विधेयक एवं रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रमाणीकरण गरेकी छन् ।

    -अनलाइन खबरबाट

    प्रतिक्रिया दिनुहोस