२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

गाउँ डुल्दै कोरोना संक्रमित

Thumbnail
  • २०७७ अषाढ ११, बिहिबार मा प्रकाशित ३ साल अघि
  • बाजुरा- बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाका दुई क्वारेन्टाइनमा बसेका कोरोना संक्रमितलाई निको नभइ घर पठाइएको छ । संक्रमण भएको १४ दिनसम्म कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

    बुढिगंगा नगरपालिकाका १ धुरालसैन क्वारेनटाइनमा बसेका १७ जना र वडा नम्बर २ को बसन्त प्रावि क्वारेनटाइनमा रहेकी १ जना कोरोना संक्रमितलाई नगरपालिकाले घर पठाएको हो । बसन्त प्राविमा रहेका आरडिटी पोजिटिभ आएका तर पिसिआर रिपोर्ट नआएका ११ जनालाई पनि घर पठाइएको स्वास्थ्यकर्मीले बताएका छन् ।

    ‘१४ दिनसम्म राखिसक्यौं, अर्को रिपोट आउने ठेगान छैन । अहिले कसैमा कुनै कठिनाइ देखिएको छैन। त्यसैले घरको आइसोलेसनमा बस्ने कागज बनाएर घर पठाएका हौं’ धुरालसैन क्वारेनटाइनमा कोरोना संक्रमितको उपचार गराइरहेकी अनमी दिया सिंहले बताइन् । सिंहले सरकारको मापदण्ड अनुसार नै संक्रमितलाई घर पठाइएको बताइन् ।

    यसअघि पनि जिल्ला अस्पतालको आइसोलेसनमा रहेकालाई ठिक नहुँदै घर पठाइएको थियो । बडिमालिका नगरपालिकामा ३२ जना संक्रमित गाँउमै छन् । आरडिटी पोजिटिभ भएका, पीसीआर रिपोर्ट नआउँदै घर पठाइएका ३२ जनामा घर पठाएको एक दिनपछि कोरोना देखिएको थियो । -अन्नपूर्ण अनलाइनबाट

    प्रतिक्रिया दिनुहोस