२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

रामेछापमा तिन सय ८९ जनाको स्वाब संकलन

  • २०७७ अषाढ ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • रामेछाप । रामेछाप जिल्लामा ३ सय ८९ जनाको स्वाब संकलन गरिएको छ । ३ सय ६ जनाको कोरोना नेगेटिभ आएको भने १९ जनाको पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जनाएको छ । रामेछापमा ६४ जनाको रिपोर्ट आउन बाकिँ रहेको जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको. छ । विहिबार मन्थली नगरपालिमा १२ र लिखुतामाकोशी गाउँपालिकामा २२ जना गरी ३४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
    हालसम्म मन्थली नगरपालिमा ६१ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा १९ , गोकुलगंगा गाउँपालिमा १ सय ८ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा २४ , सुनापति गाउँपालिमा ६ र जिल्ला अस्पतालमा १६ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा ६४ जनाको रिपोर्ट आउन बाँकि रहेको छ । जिल्लामा अहिलेसम्म ८ सय ६७ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस